वर्ल्डलिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

नेपालभ्युज

वर्ल्डलिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई एउटा विद्युतिय स्कुटर प्रदान गरेको छ ।

आज वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक प्रसाद भट्टराईलाई उक्त स्कुटर प्रदान गरेका हुन्।

एसएसपी भट्टराईले प्राप्त स्कुटरलाई अनुगमन तथा व्यवस्थापनमा खटिने महिला ट्राफिक प्रहरीलाई दिइने बताए।

स्कुटरको चाबी हस्तान्तरण गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोग पुग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved