चार उपभोक्तालाई स्पेन घुमाउने डिशहोमको ‘पर्वोत्सव’

ती ग्राहकले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने ला लिगाको खेल स्टेडियममा गएर प्रत्यक्ष रुपमा हेर्न पाउनेछन्।

नेपालभ्युज

चार उपभोक्तालाई स्पेन घुमाउने डिशहोमको ‘पर्वोत्सव’

काठमाडौं। डिश मिडिया नेटवर्कले दशैँ, तिहार र छठ जस्ता चाडबाडको अवसरमा “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना ल्याएको छ। कम्पनीले डिशहोमका नयाँ चार उपभोक्तालाई स्पेन घुमाउन लैजाने अफर ल्याएको हो।

यो योजना सोमबारदेखि प्रभु टीभी, सिम टीभी र डिशहोम फाइबरनेटको जडान गर्ने उपभोक्तमा लागू हुनेछ। यसैगरी ती ग्राहकले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने ला लिगाको खेल स्टेडियममा गएर प्रत्यक्ष रुपमा हेर्न पाउनेछन्।

स्पेन जाने चार भाग्यशाली विजेताको छनोट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रामाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमका अन्य च्यानलहरुमार्फत हुनेछ ।

यो योजना चाडबाडको अवसरमा केही समयका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved