बालुवाटारमा देउवा-प्रचण्ड छलफल

सरकारलाई गति दिने तथा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा देउवासँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्।

नेपालभ्युज

बालुवाटारमा देउवा-प्रचण्ड छलफल
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवा र सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।

देउवालाई भेट्न प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेका थिए। सरकारलाई गति दिने तथा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा देउवासँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्।

सोही विषयमा छलफलका लागि प्रचण्डले आजै मध्यान्ह पार्टीको स्थायी समिति बैठक बोलाएका छन्। बैठकअघि उनी देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved