सन्दर्भ : विश्व मुटु दिवस

मुटुसँग जोडिएका यी ६ कुरा

मानिसको मुटुको तौल औषतमा ४५० ग्राम हुन्छ। तर, महिलाको तुलनामा पुरुषको मुटु केही मात्रामा वजनदार हुन्छ।

नेपालभ्युज

मुटुसँग जोडिएका यी ६ कुरा

काठमाडौं। आज विश्व मुटु दिवस। मुटु रोगबाट बँच्ने उपायहरु तथा यसबारेका विविध पक्षको जानकारी बाँड्दै विश्वभर मनाइन्छ। नेपालमा पनि मुटु दिवसका दिन विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु हुन्छन्।

मुटु दिवसको सन्दर्भ पारेर आज हामी तपाईंलाई मुटुसम्बन्धी केही रोचक तथ्य तथा जानकारी दिन गइरहेका छौँ। यी तथ्य तथा जानकारी हामीले विभिन्न अन्तर्राष्ट्रिय शोध, जर्नल तथा स्वास्थ्य पोर्टलहरुबाट साभार गरेका हौँ।

१.सोमबार सबैभन्दा धेरै हार्ट अट्याक
अमेरिकी हार्ट एसोसिएसनका अनुसार सबैभन्दा बढी हार्ट अट्याकको घटना सोमबार हुने गरेको छ। उसले गरेको एक अध्ययनका क्रममा यस्तो नतिजा आएको हो। अध्ययनअनुसार हार्ट अट्याकको बढी घटनाहरु चिसो महिनामा अझ क्रिसमसको आसपासमा बढी हुन्छन्।

२. महिलाको मुटु धेरै मेहनती
उक्त अध्ययनअनुसार महिलाको मुटुले धेरै मेहनत गर्छ। पुरुषको तुलनामा महिलाको मुटु ज्यादा धड्किन्छ। महिलाको औषत हार्ट बिट ७८ प्रतिमिनेट हुन्छ भने पुरुषको औषतमा ७० प्रतिमिनेट हुन्छ।

मानिसको मुटुको तौल औषतमा ४५० ग्राम हुन्छ। तर, महिलाको तुलनामा पुरुषको मुटु केही मात्रामा वजनदार हुन्छ।

३. सबैभन्दा सानो मुटु
सबैभन्दा सानो मुटु फेयर फ्लाय नामक उड्ने किराको हुन्छ। मौरी जस्तै देखिने उक्त किराको मुटु माइक्रोस्कोपको सहायतामा मात्रै देख्न सकिन्छ।

४. सबैभन्दा ठूलो मुटु
यस्तै, संसारमा सबैभन्दा ठूलो मुटु ब्लू व्हेलको हुन्छ। ब्लू व्हेलको मुटुको तौल करीब १८० किलो हुन्छ, जुन मानिसको मुटुको तौलको तुलनामा ६४० गुणा वजनदार हो।

५. पहिलो ओपन हार्ट सर्जरी
दुनियाँमा पहिलोपटक ओपन हार्ट सर्जरी ९ जुलाई १८९३ मा अमेरिकामा भएको थियो। उक्त सर्जरी अमेरिकी कार्डियोलजिस्ट डेनियल विलियम्सले गरेका थिए। उनले एक्सरे र एन्टिबायोटिकबिना नै सर्जरी गरेका थिए।

६. पेसमेकर ट्रान्सप्लान्ट
विश्वका पहिलो पेसमेकर ट्रान्सप्लान्ट स्वीडेनको नागरिकमा भएको थियो। सन् १९५८ मा स्वीडेनका ४३ वर्षीय आर्ने लर्सनले पहिलोपटक पेसमेकर ट्रान्सप्लान्ट गराएका थिए। त्यसपछि उनी ४३ वर्ष बाँचेका थिए।

के तपाईंलाई थाहा छ हामी हाँस्दा हाम्रो मुटु पनि मुस्कुराउँछ भन्ने कुरा ? अमेरिकी अध्ययनअनुसार हामी हाँसेको समयमा मुटु स्वस्थ रहन्छ, अर्थात मुस्कुराउँछ। हाँस्नुले शरीरको इम्युन सिस्टम राम्रो बनाउनुका साथै तनाव पनि घटाउँछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved