ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता

नेपालभ्युज

ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सम्झौता भएको छ।
बैंक र स्थानीय तहबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरूलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर के।सी। र धुर्कोट गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
सम्झौतापत्रमा हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले समेत हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ , संशोधन सहित अन्तर्गत  ती स्थानीय तहको सिफारिसमा हेफर प्रोजेक्ट अन्तर्गत बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई दश लाख रुपैयाँ सम्म सहुलियतपूर्ण कर्जा र हेफरले आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी केन्द्रबाट वित्तीय सेवा दिइरहेको छ। बैंकमा २३ लाख बढी ग्राहक रहेको छन्।
ग्लोबल आईएमईले अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved