सत्ता गठबन्धनका दलहरू बीच मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा तयारी जुट्दा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएका छन्। केही दिनयता खोकी र ज्वरो आएको उनलाई कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ।
उनी एक सातासम्म कुनै भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागी नहुने बताइएको छ। सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि गरे पनि अध्यक्ष नेपाल अस्वस्थ भएपछि मन्त्रीपरिषद्ले तत्काल पूर्णता पाउने सम्भावना भने कम हुँदै गएको छ।
स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार केही दिन लम्विन सक्ने छ।
अध्यक्ष नेपाल आइतबार बेलुकादेखि नेपाल घरमै आराम गरिरहेका छन्। यता, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेका छन्। नेपाल र यादव सहभागी नहुने भए पनि गठबन्धनको बैठक समेत प्रभावित बनेको छ।
दलहरुबीच मन्त्रालयको सङ्ख्यामा भने भागबन्डा मिलिसकेको छ। जसअनुसार एकीकृत समाजवादीलाई ६ मन्त्रालय दिने सहमति भएको छ।
Facebook Comment
Comment