कपनबाट हराएका बालक अपहरणमा परेको आशंका

नेपालभ्युज

कपनबाट हराएका बालक अपहरणमा परेको आशंका
सांकेतिक तस्वीर।
काठमाडौँ। काठमाडौंको कपनबाट हराएका चार वर्षका बालक अपहरणमा परेको आशंका गरिएको छ। भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका छोरा पीयूष हराएपछि अपहरणमा परेको आशंका गरिएको हो।
सोमबार दिउँसो साढे चार बजे छोराको अपहरण भएको भन्दै बुवाले महानगरीय प्रहरी परिसर बुढानीलकण्ठमा निवेदन दिएका छन्। बालकलाई चिनजानकै व्यक्तिले लगेको देखिएको प्रहरीको भनाइ छ।
अर्को टहरोमा बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको जनाइएको छ। अपहरणमा परेका बालक र अपहरणमा संलग्न आशंका गरिएका दास दुवैको घर भारतमा छ। प्रहरीले बालको खोजी तीव्र पारेको जनाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved