काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णपदक धारी अनु अधिकारीले रूसको मस्को सहरमा आयोजना हुने विश्व कराते प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
विश्व र्यांकिङ प्रतियोगितासमेत रहेको लिगमा सहभागिता जनाउन जान लागेकी अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले मंगलबार एक कार्यक्रमबी बिदाइ गरे।
अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै मंगलबार मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यो प्रिमियर लिग सन् २०२३ को पेरिस ओलम्पिकको छनोट प्रतियोगिता पनि हो। यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरू ओलम्पिकका लागि स्वतः छनोट हुनेछन्। अनु हाल विश्व कराते र्यांकिङमा १६३ औं स्थानमा छन्।
प्रतियोगितामा अनुले ५५ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।
कराते प्रिमियर लिगमा विश्वभरिबाट वल्र्ड च्याम्पियन र ओलम्पिक च्याम्पियन खेलाडीको पनि सहभागिता रहनेछ। प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने करातेका प्रशिक्षक दीपक श्रेष्ठले बताए।
खेलाडीलाई शुभकामना दिँदै सदस्य सचिव सिलवालले यस प्रतियोगिताले नेपाली खेलाडीहरूको स्तर मापन गर्ने र नेपाललाई विश्व खेल मञ्चमा परिचय गराउने भन्दै स्तरीय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशलता सिकेर आउन सुझाव दिए।
Facebook Comment
Comment