आफ्नो पुस्तकबाट उठेको रोयल्टी आफ्नै पार्टीलाई

नेपालभ्युज

आफ्नो पुस्तकबाट उठेको रोयल्टी आफ्नै पार्टीलाई

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजनीतिसँगै राजकाज’ पुस्तकबाट आएको रोयल्टी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन्।

मिश्रले यसअघि प्रकाशित तीन पुस्तकको रोयल्टीबापत पाएको १२ लाख रुपैयाँ चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए। कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण ९ हजार ७ सय ५० (प्रति) बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए।

“यो पुस्तक बजारका लागि खुशीको विषय हो। हामीले दोस्रो संस्करणका लागि प्रक्रिया बढाइसकेका छौं,” उनले भने।

राजनीतिसँगै राजकाज पुस्तकले निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको वकालत गर्छ। पुस्तकमा ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई केन्द्रमा राखेर नेपाली राजनीति, अर्थनीति, कूटनीति तथा समाज एवं देशको दिगो र समतामूलक रूपान्तरणको सेरोफेरोमा लेखिएका स्तम्भ–निबन्धहरू संग्रहित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved