सिटीसँगको खेलअघि पीएसजीको प्रशिक्षणमा व्यस्त मेस्सी

पछिल्लो साता चोटको चपेटामा परेर केही खेल गुमाएका मेस्सी पीएसजीको प्रशिक्षणमा फर्किएका छन्। क्लबले सामाजिक सञ्जालमा राखेको भिडिओमा मेस्सी मैदानमा व्यस्त देखिएका छन्।

नेपाल भ्यूज

सिटीसँगको खेलअघि पीएसजीको प्रशिक्षणमा व्यस्त मेस्सी

एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाबाट यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पुगेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पेरिसमा जम्न परिस्थिति असहज बनिरहेको छ।

अर्जेन्टिनाको राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन गरे पनि पीएसजी उनी गोलका लागि संघर्ष गरिरहेका छन्। यस्तो उनलाई चोटले पनि सताएको छ।

पछिल्लो साता चोटको चपेटामा परेर केही खेल गुमाएका मेस्सी पीएसजीको प्रशिक्षणमा फर्किएका छन्। क्लबले सामाजिक सञ्जालमा राखेको भिडिओमा मेस्सी मैदानमा व्यस्त देखिएका छन्।

च्याम्पियन्स लिगमा घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नुअघि मेस्सीलाई मैदानमा देखिएको हो। यससँगै उनले सिटीविरुद्ध खेल्ने सम्भावना बलियो भएको छ।

आज राति पीएसजीले सिटीको सामना गर्दैछ। त्यसअघि मेस्सी मैदानमा देखिएका हुन्। उनले घुँडाको चोटका कारण लिग वानको पछिल्लो दुई खेल गुमाएका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved