कस्तो रहन्छ दिनभर मौसम?

भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालभ्युज

कस्तो रहन्छ दिनभर मौसम?

काठमाडौं। अहिले मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।

८ असोज (२४ सेप्टेम्बर)मा बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न शुरु भएर ९ असोजमा बनेको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात‍ १० असोजका दिन उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापिय क्षेत्रको रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ।

जसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएको भन्दै सामान्य सतर्कता अपनाउन अनुरोध छ।

भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार १४ असोज बिहीबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved