सरकारले फिर्ता लियो दल विभाजनसम्बन्धी अध्यादेश

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई फिर्ता लिने निर्णय गरेको हो।

नेपालभ्युज

काठमाडौं। सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई फिर्ता लिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला अध्यादेश फिर्ता लिन सक्ने संवैधानिक व्यवस्था छ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको  अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।  राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने सत्तारुढ दलका नेताहरु बताउँछन्।
संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर  पार्टी फुटाउन मिल्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी अध्यादेश आएको थियो। १ भदौमा आएको आध्यादेश भोलिपल्टै  राष्ट्रपतिले जारी गरेकी थिइन्।
लगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ। उता जनता समाजवादी पार्टी पनि फुटिसकेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved