सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्ने विषयमा अध्ययन समितिले बुझायो प्रतिवेदन

सर्वोच्चमा अहिले प्रधानन्यायाधीश बजराको प्रत्यक्ष संलग्नतामा मुद्दाहरुको पेशी तोकिँदै आएको छ।

नेपालभ्युज

काठमाडौं। सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने विषयमा अध्ययन गर्नका लािग बनेको समतिले आफ्नो प्रतिवेदन बुझाएको छ। सर्वोच्चले विज्ञप्ति जारी गर्दै समितिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रतिवेदन बुझाएको जनाएको छ।

सर्वोच्चमा अहिले प्रधानन्यायाधीश बजराको प्रत्यक्ष संलग्नतामा मुद्दाहरुको पेशी तोकिँदै आएको छ। अध्ययन समितिले गत १ असोजमा जबरालाई प्रतिवेदन बुझाएको थियो। जसको जानकारी अदालतले आज दिएको हो।

सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक)बाट २४ साउनमा भएको निर्णयअनुसार समिति गठन भएको थियो। न्यायाधीश मीरा खडकाको संयोजकत्वमा गठन भएको समितिमा न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी तथा रजिस्ट्रार नारायणप्रसाद पन्थी सदस्य रहेका थिए।

समितिले सर्वोच्च अदालतमा गोलाप्रथाद्वारा पेशी व्यवस्थापन सम्बन्धमा अदालतसम्बन्धी नियमावलीहरूमा गर्नुपर्ने संशोधन, उल्लिखित प्रयोजनका लागि सफ्टवेयरमा गरिनुपर्ने परिमार्जन, गोलाप्रथाद्वारा पेसी व्यवस्थापनसम्बन्धी आधार, मापदण्ड, कार्यविधि र सो सम्बन्धमा आवश्यक पर्ने अन्य व्यवस्थापकीय पक्षहरूसमेतको अध्ययन गर्न कार्यादेश पाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved