आफन्त नेपालले गर्‍याे भारतमा बेचिन लागेका ७६२ जनाको उद्धार

पछिल्लो एक वर्षमा नेपाल भारत नाकाबाट ६८० जना र भारतबाट ८२ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ। बेचिन लागेका उनीहरुको आफन्त नेपालले उद्धार गरेको हो।

नेपालभ्युज

आफन्त नेपालले गर्‍याे भारतमा बेचिन लागेका ७६२ जनाको उद्धार

काठमाडौं। मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत आफन्त नेपालले पछिल्लो एक वर्षमा नेपाल भारत नाकाबाट ६८० जना र भारतबाट ८२ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ। बेचिन लागेका उनीहरुको आफन्त नेपालले उद्धार गरेको हो।

संस्थाको सामाजिक लेखापरीक्षण र १५ औँ वार्षिक साधारणसभाका क्रममा निर्देशक इन्द्रराज भट्टराईले संस्थाले गत आर्थिक वर्षमा ४८१ जनालाई आकस्मिक आवास, ११९ जनालाई सुरक्षित आवास सेवा र ३६ जना प्रभावितलाई कानुनी सहायता दिएको बताए ।

संस्थाले सहजीकरण गरेका मानव बेचबिखन विरुद्धका मुद्दामा संलग्न ३८ प्रतिवादिमध्ये ३० जना प्रक्राउ गरेका भट्टराईले बताए । संस्थाले विभिन्न जिल्लाका समुदायस्तरमा ११० महिला समूह, १३ किशोरी समूह र ११ जिम्मेवार पुरुष समूह निर्माण तथा परिचालन गरेको छ।

ती समूहमार्फत मानब बेचबिखन, लैंगिक हिंसा र बालविवाहविरुद्ध तथा सुरक्षित आप्रवासनबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने गरिएको संस्थाका कार्यक्रम निर्देशक करुणा खत्रीले बताइन्।

उनका अनुसार ‘जसको सवाल, उसैको सहभागिता र उसैको नेतृत्व’ भन्ने संस्थाको अभियानअन्तर्गत अहिले संस्थामा थुप्रै प्रभावितहरु परामर्शकर्ता तथा सामुदायिक परिचालकको रुपमा कार्यरत रहेका छन्।


Comment

One thought on “आफन्त नेपालले गर्‍याे भारतमा बेचिन लागेका ७६२ जनाको उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved