एमाले सांसदलाई बाबुराम भट्टराईको सुझाव : ‘राजीनामा दिनुस्’

नेता भट्टराईले भने, ‘‘सांसदबाट राजीनामा दिएर जनताको बीचमा जान सुझाव दिन्छु।’’

नेपालभ्युज

एमाले सांसदलाई बाबुराम भट्टराईको सुझाव : ‘राजीनामा दिनुस्’

काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमाले सांसदहरुलाई संसदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको विषयलाई लच्छित गर्दै भट्टराईले संसद विघटन गर्नेले नै संसदको सर्वोच्चता कायमको माग गर्दै अवरोध गर्नु लाजको विषय भएको टिप्पणी गरेका हुन् ।

आफैले विघटन गरेको संसदमा एमालेले अवरोध गरेको विषयबारे संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले भने, ‘‘सांसदबाट राजीनामा दिएर जनताको बीचमा जान सुझाव दिन्छु।’’

यस्तै, भट्टराईले सरकारले लगानी गर्नका लागि स्रोत नखोज्ने नीतिको बचाउ गरेका छन् । कालो, सेतो जस्तो धन भए पनि उत्पादनमूलक काममा लगाएर रोजगारी सिर्जना गर्ने सरकारको योजना राम्रो निर्णय भएको उनको भनाइ थियो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटसँग सम्बन्धित अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने क्रममा लगानी गर्नेको स्रोत नखोज्ने नीति सार्वजनिक गरेका थिए । जसको विरोध गर्दै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved