बुद्ध एयर जहाज ल्यान्डिङ प्रकरण : छानबिन समिति गठन हुँदै

नेपालभ्युज

बुद्ध एयर जहाज ल्यान्डिङ प्रकरण : छानबिन समिति गठन हुँदै

काठमाडौं। बुद्ध एयरको जहाजकाे ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौँमै अवतरण गरिएको घटनाको छानबिन गर्न तीन सदस्य टोली गठन गरिने भएको छ।

घटना छानबिनका लागि बनेकाे समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ । सँगसँगै अवतरणमा समस्या देखिएकाे जहाजकाे प्राविधिक परीक्षण पनि हुने भएकाे छ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौँमै अवतरण भएको थियो।

प्राधिकरणका एक अधिकारीले भने, ‘‘घटना के कसरी भयो भन्ने  सत्यतथ्य छानबिन गर्न समिति गठन गरिने छ। विमानको प्राविधिक जाँच समेत गरिने छ। समितिले केही दिनमै प्रतिवेदन दिने छ। समस्या कसरी भयो भन्ने पहिचान गर्न र पछिल्ला दिनमा यस्ता समस्या आउन नदिन पूर्व  सावधानी अपनाइनेछ।’’

 


जहाजको प्राविधिक जाँच र परीक्षण उडनपछि नियमित उडान गरिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।

सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियाे। बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ।

काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताए । जहाजले काठमाडौंको आकाशमा २४ मिनेट होल्ड गरेको थियो । जहाजमा ७३ यात्रु र चालक दलका ४ सदस्य सवार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved