बढ्यो मलमा अनुदान

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गतवर्ष १० अर्ब ५० करोड अनुदान दिइएकामा यसवर्ष १२ अर्ब रुपैयाँ अनुदान दिन लागिएको जानकारी दिए।

नेपालभ्युज

बढ्यो मलमा अनुदान
सांकेतिक तस्वीर

काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ। गत वर्षको तुलनामा करिब एक लाखभन्दा बढी मल आयात गर्न लागिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

मलखाद व्यवसायी संघ नेपालको पाँचौँ साधरणसभा तथा दोस्रो महाधिवेशनमा मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गतवर्ष १० अर्ब ५० करोड अनुदान दिइएकामा यसवर्ष १२ अर्ब रुपैयाँ अनुदान दिन लागिएको जानकारी दिए।

अर्का सचिव डा. गोविन्द शर्माले कृषि उत्पादनमा आवश्यक रहेको मल वितरण प्रक्रियामा निजी क्षेत्रको संलग्नता रहेपनि मूल्य निर्धारणमा एकरुपता नरहेको भन्ने गुनासो आएकोमा चिन्ता व्यक्त गरे। सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानको खेतबारीमा मल पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत भारतलगायत अन्य मुलुकबाट मल आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पुर्‍याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई मल बिक्री गर्ने गर्दछन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री कम्पनीलगायत संस्थाका प्रतिनिधिले मलको सुरक्षित भण्डारण गर्न नसकेमा त्यसको गुणस्तरमा समस्या आउने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved