असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

नेपाल भ्युज

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं। प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदको नाराबाजीकै बीच चलेको प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ।
 सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदले नाराबाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले सञ्चालन गरे।  सभामुख सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको जानकारी गराए।
राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर बैठक स्थगित गरेका हुन्।
भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ। तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सञ्चालन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved