एमाले स्थायी कमिटी बैठक जारी, १० बुँदेबारे छलफल हुँदै 

नेपालभ्युज

एमाले स्थायी कमिटी बैठक जारी, १० बुँदेबारे छलफल हुँदै 
नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलमा सुरु भएको छ। च्यासलमा तुलसीलाल स्मृति भवनमा जारी स्थायी कमिटी बैठकमा १० बुँदे सहमतिबारे छलफल हुने सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिए।
यसअघि ८ भदौमा बसेको स्थायी कमिटी बैठकले र १० भदौमा बसेको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो। तर, केही नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको बताउँदै असन्तुष्टि राख्न थालेपछि यस विषयमा छलफल भएको हो।
सुद्रूरपश्चिमका नेता भीम रावलसहित एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने जोड दिएका छन्।
तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका नेताहरूले १० बुँदे सहमति हुनुपर्ने आवाज उठेपछि यस विषयमा छलफल भएको हो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved