माओवादीको निर्णय : अध्यादेश फिर्ता गरेर सरकारलाई पूर्णता

अध्यक्ष प्रचण्डको ब्रिफिङसँगै स्थायी समितिले पार्टीले सरकारलाई पूर्णता दिने सम्बन्धमा पहल गर्ने र अध्यादेश फिर्ता गराएर गठबन्धनमा रहेका घटकहरुलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल लिने निर्णय गरेको छ।

नेपाल भ्यूज

माओवादीको निर्णय : अध्यादेश फिर्ता गरेर सरकारलाई पूर्णता
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई फिर्ता गरेर सरकारलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ। केन्द्रको आज(सोमबार) बिहान बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेशकै कारण सरकारले पूर्णता नपाएको विषयमा सत्तागठबन्धनमा पनि छलफल भइरहेको भन्दै अध्यादेश फिर्ता गरेर सरकारलाई तीव्र गति दिइने ब्रिफिङ गरे।

अध्यक्ष प्रचण्डको ब्रिफिङसँगै स्थायी समितिले पार्टीले सरकारलाई पूर्णता दिने सम्बन्धमा पहल गर्ने र अध्यादेश फिर्ता गराएर गठबन्धनमा रहेका घटकहरुलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल लिने निर्णय गरेको छ।

सरकार विस्तार नभएर जनतामा नकारात्मक सन्देश गएको भन्दै बैठकले तत्काल विवादहरु मिलाएर त्यसमा लाग्नुपर्ने निष्कर्ष निकालेको थियो। बैठकले कानुनमन्त्रीलाई संसदमा टेबल भएको विधेयकलाई विधि पुर्याएर फिर्ता गर्न लगाउने र सरकारलाई गति दिने निर्णय गरेको हो।

सँगसँगै बैठकमा पार्टीको यसअघि सार्वजनिक भएको अधिवेशन तालिकामा पनि हेरफेर गर्नुपर्ने प्रस्ताव आएको छ। नेताहरु देव गुरुङ र जनार्दन शर्माले यस्तो प्रस्ताव राखेका हुन्।

उनीहरुले सदस्यता नवीकरण असोज मसान्तसम्म जारी राख्ने, १३ कार्तिकमा वडा अधिवेशन र ४ मंसिरमा स्थानीय तहको अधिवेशनको प्रस्ताव राखेका छन्। उक्त प्रस्तावमाथि भोलिको स्थायी समिति बैठकमा निर्णय हुने बताइएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved