काठमाडौं र विराटनगरबीचको खेल रद्द, बिदा भए अफ्रिदी

मैदान सुकेमा आजको दोस्रो खेल भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच हुनेछ।

नेपालभ्युज

काठमाडौं र विराटनगरबीचको खेल रद्द, बिदा भए अफ्रिदी

काठमाडौं। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) को आजको पहिलो खेल मैदान भिजेको कारण रद्द भएको छ।

निर्धारित समयभन्दा दुई घण्टासम्म अन्योलमै रहेको  काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान नसुखेपछि रद्द भएको हो। दुवै समूहका खेलाडी मैदानमा प्रवेश गरी अभ्यास गर्न थालिसकेको अवस्थामा मैदान नसुकेपछि अन्तिम समयमा खेल रद्द भएको हो।

योसँगैं पाकिस्तानका पूर्व क्रिकेट कप्तान साहिद अफ्रिदी ईपीएलबाट बिदा भएका छन्। अफ्रिदी ईपीएलमा दुईओटा मात्रै खेल खेल्न काठमाडौं आएका थिए।

क्रिकेटप्रेमी तथा अफ्रिदीका फ्यानहरूले यसपटक काठमाडौंमा अफ्रिदीको ब्याटिङ हेर्न पाएनन्। काठमाडौंको तर्फबाट यसअघि ललितपुरविरुद्ध खेलेका उनको ब्याटिङको पालो आएको थिएन।

मैदान सुकेमा आजको दोस्रो खेल भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच हुनेछ।

No description available.

No description available.

No description available.

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved