ओमनसँग नेपाल फराकिलो गोल अन्तरले पराजित

नेपालभ्युज

ओमनसँग नेपाल फराकिलो गोल अन्तरले पराजित

काठमाडौं। ओमानसँगको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल फराकिलो गोल अन्तरले पराजित भएको छ।

आइतबार राति दोहास्थित कतार युनिभर्सिटीमा सम्पन्न खेलमा ओमानले २ का विरुद्ध ७ गोल हानेको थियो।

पहिलो हाफमा २–१ गोलले पछि परेको नेपाल दोस्रो हाफमा ५ गोल खाएपछि जवाफमा १ गोल मात्रै हान्न सफल भयो।
साफ च्याम्पियनसिपको तयारीका लागि कतार पुगेको नेपाली टोलीले ओमानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो।

अक्टोबर १ देखि १६ सम्म मालेमा हुने साफ च्याम्पियनसिपका लागि नेपाल आज मालदिभ्स जानेछ।

च्याम्पियनसिपमा नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved