जितिया पर्व थारु भाषाको मान्यताका लागि दवावमूलक कार्यक्रम गरी मनाइने

नेपालभ्युज

जितिया पर्व थारु भाषाको मान्यताका लागि दवावमूलक कार्यक्रम गरी मनाइने

उदयपुर। उदयपुरका थारू समुदायले यस बर्षको जितिया पर्व आफ्नो भाषा प्रवर्द्वन गरि मनाउने भएका छन्।

थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दवावमूलक कार्यक्रम गरि मनाउने निर्णय गरिएको हो। थारू कल्याणकारी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरि थारू बाहुल्यक्षेत्र उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा भाषालाई मान्यता नदिने भाषा आयोगको निर्णय बिरुद्ध दवावमूलक कार्यक्रम गर्ने जनाएको छ ।

थारू कल्याणकारी सभाका अध्यक्ष शिवनारायण चौधरीले उदयपुर लगायतका जिल्लामा स्थानिय भाषाको मान्यता दिलाउन सांकेतिक रूपमा दवाव दिने कार्यक्रम रहेको जानकारी दिए। आगामी भदौ १३ गते त्रियुगा नगरपालिकाको वडा नम्बर १३ हवाई मैदानमा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएको छ । जितिया पर्वमा विशेषगरी तराईका थारू महिलाहरू निराहार व्रत बस्ने गर्छन् ।

जितिया पर्व थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिमा तराई/मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् । पुत्रको सुख, शान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved