आर्मी, पुलिस र एपीएफको विजयी सुरुवात

नेपालभ्युज

आर्मी, पुलिस र एपीएफको विजयी सुरुवात

विभागीय टोली  त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले छैटौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी शुुरुवात गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी शुुरुवात गरेको हो।

यस्तै दोस्रो खेलमा नेपाल एपीएफ क्लबले ढोरपाटन स्पोर्टस  क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो। प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपीएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेटमा २५–१८ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सफल भयो।

तेस्रो खेलमा बागलुङको गलकोट स्पोर्टस क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो। पहिलो सेटमा २५–१८ को जित निकालेको गलकोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ। पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले र तेस्रो सेटमा २५–१३ को साथ एकपक्षीय जित निकाल्यो।

च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने छ। च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved