कोरोना संक्रमण दर ६ प्रतिशतमा झर्‍यो

नेपालभ्युज

कोरोना संक्रमण दर ६ प्रतिशतमा झर्‍यो
नेपालमा कोरोना भाइरसको संक्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ । यही अवधिमा थप नौ जना कोरोना संक्रमितको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् ।
अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय संक्रमित छन् । तीन सय ६८ जनाको आइसियु र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved