भारतका धेरै ठाउँमा गुलाव चक्रवातको असर

गुलाव चक्रवातको असर नेपालमा पनि देखिने भएको छ।

नेपालभ्युज

भारतका धेरै ठाउँमा गुलाव चक्रवातको असर

काठमाडौं। हिन्द महासागरमा विकास भइरहेको गुलाव नामको चक्रवात (सामुद्रिक आँधी) को प्रत्यक्ष असर भारतका उडिसा, आन्ध्रप्रदेश, तेलांगना, छत्तिसगढ लगायतका भेगमा देखिँदैछ।

न्यूनतम ७५ देखि ८५ किमि र अधिकतम ९५ किमि प्रतिघण्टाको तीब्र बेगको वायुको असर आइतबार मध्यरातदेखि देखिने भारतीय मौसम विभागले जनाएको छ। गुलाव चक्रवात शनिबार बंगालको खाडीमा विकास भएको हो।

यो चक्रवात आइतबार मध्यराति उडिसाको विशखापट्टनम तटमा बज्रिने (ल्याण्डफल) हुने भारतीय मौसमविद्हरुको ठहर छ। चक्रवातको जोखिम उच्च हुने भनिएका क्षेत्रको रेल र अन्य सार्वजनिक सेवा रोकिएको छ।

उडिसा, आन्ध्रप्रदेश, तेलांगना, छत्तिसगढ लगायतका क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको छ। यी भेगमा भारी वर्षा हुने भारतीय मौसम विभागले जनाएको छ। सो चक्रवात दक्षिण भारतको तटिय शहर गोपालपुरबाट एक सय ८० किमि पूर्वमा रहेको बताइएको छ।

नेपालमा पनि असर
गुलाव चक्रवातको असर नेपालमा पनि देखिने भएको छ। निरन्तर र ठूलो वर्षा नभए पनि अधिकांश भेगमा वर्षा गराउने र धेरै ठाउँको मौसम धुमिने जल तथा मौसम पूर्वानुमान महाशाखाका अधिकारीहरुको ठहर छ।

“अहिले त्यसै पनि मनसुनी प्रभाव बाँकी छ, यही बेला गुलाव चक्रवातको प्रत्यक्ष/अप्रत्यक्ष असर नेपालमा देखिन्छ”, मौसमविद् बरुण पौडेलले नेपालभ्यूजसँग भने। गुलाव ‘ल्याण्डफल’ भएपछि नेपालमा देखिने खास असर विश्लेषण गर्न सहज हुने उनले बताए।

‘ल्याण्डफल’ अघिको प्रारम्भिक अनुगमनले नेपालको पूर्वी र मध्य भेगसम्म चक्रवातको असर देखिने महाशाखाका अधिकारीहरुको विश्लेषण छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved