जनताबीच राम्रैसँग भोट माग्न जाने अवस्था छ: ओली

नेपालभ्युज

जनताबीच राम्रैसँग भोट माग्न जाने अवस्था छ: ओली
फाइल तस्वीर

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति व्यङ्ग्य गर्दै लामखुट्टेले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देखेझैँ सपना देखेको बताएका छन्।

केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले ‘एमालेलाई टर्च बालेर खोज्नुपर्छ’ भन्दै माधवकुमार नेपालले भन्नू लामखुट्टेले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देखेझैँ भएको बताएका हुन्।

पार्टीको सानो अँश टुक्रिएर गएपनि विचार, संगठन र विगतका कामहरूले सम्हालिएर अघि सक्ने उनले बताए। जनताबिचमा राम्रैसँग भोट माग्न जाने अवस्था रहेको ओलीले टिप्पणी गरे। ‘कसरी भोट माग्न जाने होला, के के ग¥यौ भन्ने स्थिति छैन। केही काम नगरेका, विध्वंस मच्चाएर काम गर्ने त जनतामा जाने भन्दै छन्। हामीले त काम गरेका छौँ,’ ओलीले भने।

ओलीले एमालेले फेरी चुनाव जितेमा मुलुक आत्मनिर्भरतातिर अघि बढ्ने बताए। व्यापारलाई घाटाको स्थितिबाट नाफामा लैजान निर्यात बढाउनेतिर आफूहरू जाने उनको भनाई थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved