काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
बेलायतका आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत (२०२१–२३ का लागि) अध्यक्षमा दाबी गरेका हुन्। उनी नवौं महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्तसँग एक सय ४७ मतले पराजित भएका थिए।
सन् २००३ देखि एनआरएनए अभियानमा आवद्ध आचार्यले यसअघि गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्षको कार्यभार सम्हालिसकेका छन्।
महाधिवेशन यही असोज २० देखि ३० सम्म काठमाडौंमा हुँदैछ। यसअघि गत बिहीबार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष रविना थापाले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी थिइन्।
१० औं महाधिवेशनका रुसका डा. बद्री केसी पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका केसी दुई पटक महासचिव र कोषाध्यक्ष थिए।
Facebook Comment
Comment