केन्टको दशैं अफर : हरेक सामानको खरीदमा चपर उपहार

केन्टको दशैं अफर : हरेक सामानको खरीदमा चपर उपहार

काठमाडौं। केन्ट उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दशैं/तिहार लक्षित अफर योजना सार्वजनिक गरेको छ।

भारत र नेपालमा पानी शुद्धिकरणमा अत्यधिक रुचाइएको केन्ट आरओको खरीदमा कम्पनीले चपर उपहार योजना ल्याएको हो। “यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १००% शुद्ध पानीसँग मनाउनुहोस्” भन्ने नाराका साथ कम्पनीले शुक्रबारदेखि उक्त योजना लागू गरेको हो।

प्रत्येक वर्ष पानीमा हुने टीडीएस, ब्याक्टेरिया, भाइरसका कारण सफा पिउने पानी आजको आवश्यकता भएकाले पानी शुद्धीकरणका लागि यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ।

स्वास्थ्य उत्पादनमा परिचित केन्टका वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू बजारमा उपलब्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved