ईपीएल : विराटनगर भर्सेस ललितपुर

सिकन्दर राजाको विष्फोटक ब्याटिङ, ७ छक्का प्रहार

नेपालभ्युज

सिकन्दर राजाको विष्फोटक ब्याटिङ, ७ छक्का प्रहार

काठमाडौं । एभरेष्ट प्रिमियर लिगमाअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले पूरै ओभर खेल्दा ९ विकेट गुमाएको थियो। विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रन बनाए। जिम्बावेका राजाले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरेका थिए। राजाले १५ औं ओभरको तेस्रो बलमा स्पिनर सागर ढकाललाई लङअफमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।

त्यसैगरी अनिल साहले ३२ र सौरभ खनालले ३० रन जोडे। बलिङतर्फ चितवनका सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले समान २/२ विकेट लिए।

तीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो ओभरको पाँचौ बलमा वेस्टइन्डिजका ओपनर चन्द्रपाल हेमराजलाई २ रनमा बोल्ड आउट गरेपछि विराटनगर ९–३ को खराब अवस्थामा गुज्रिरहेको थियो। तर चौथो विकेटका लागि साह र  राजाले ६१ रनको महत्वपूर्ण साझेदारी गरी टिमको संकट टारेका थिए। अनिलले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको चितवनले यो समाचार तयार पार्दासम्म ७ दशमलव ४ ओभरमा ७२ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved