ईपीएलमा आज दुई खेल, विराटनगरविरुद्ध चितवनले टस जित्यो

नेपाल भ्यूज

ईपीएलमा आज दुई खेल, विराटनगरविरुद्ध चितवनले टस जित्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुँदै छन्।

पहिलो खेल विराटनगर वारियर्स र चितवन टाइगर्सबीच भइरहेको छ। केहीबेर अघि शुरु भएको खेलमा चितवनले टस जितेर फिल्डिङमा उत्रिएको छ। यो समाचार तयार पार्दासम्म विराटनगरले अहिले १० ओभरको खेल सकिँदा ६७ रन बनाएको छ भने तीन विकेट गुमाइसकेको छ।

हिजो भएको खेलमा काठमाडौं किंग्स ११ ले सात विकेटले ललितपुर प्याट्रियट्सलाई पराजित गरेको थियो। त्यसै गरी आज हुने अर्को खेल भैरहवा ग्लाडओटर्स र पोखरा राइनोबीच हुनेछ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved