काठमाडौं। मैत्रीपूर्ण प्रतियोगितामा आज नेपालले ओमानविरुद्ध खेल्दै छ। कतारको राजधानी दोहास्थित कतार युनिभर्सिटीको मैदानमा खेल हुनेछ।
नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार राति पौने १० हुनेछ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफको तयारीका लागि नेपाली टिम कतारमा छ।
यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एकमा बराबरी र एकमा हार बेहोरेको थियो। ओमानविरुद्धको खेलपछि नेपाली टोली उतैबाट माल्दिभ्स जानेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ। नेपालले आयोजक माल्दिभ्ससँग पहिलो खेल खेल्ने छ।
Facebook Comment
Comment