ला लिगा : एट्लेटिको पराजित, घरेलु मैदानमै रोकियो रियल मड्रिड

नेपालभ्युज

ला लिगा : एट्लेटिको पराजित, घरेलु मैदानमै रोकियो रियल मड्रिड

काठमाडौं । ला लिगमा गएराति बलिया क्लबले निराशाजनक प्रदर्शन गरेका छन्। अघिल्लो खेलमा ६ गोल गर्न सफल रियल मड्रिड गएराति घरेलु मैदानमा भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको छ।

भिल्लारियलले दबदबा बनाएको खेलमा दुवै पक्षबाट गोलका आकर्षक मुभसमेत बन्न सकेनन्। यो बराबरीपछि पनि रियल ७ खेलबाट १७ अंकसहित लिगको शीर्ष स्थनमा कायम छ।

उता भिल्लारियलले पनि ६ खेलबाट ८ अंक जोड्न सफल भयो।

उता लिग च्याम्पिएन एट्लेटिको मड्रिड भने गएराति अलाभेससँग १-० ले पराजित भएको छ। चौथो मिनेटमै भिक्टर लगुर्डियाको गोलमा अग्रता बनाएको अलाभेसलाई उक्त गोल नै जितका लागि पर्याप्त बन्यो। बार्सिलोनाबाट गएका दुई स्टार एन्टिनियो ग्रिजमान र लुइस स्वारेज दुवै पहिलो ११ मा समावेश भए पनि टोलीले हार टार्न सकेन।

एकपक्षीय खेल प्रदर्शन गरेको एट्लेटिकोले खेल अवधिभर जम्मा एक पटक गोल टार्गेटको मुभ बनाएको थियो। एट्लेटिकोले लिगमा ७ खेल खेल्दा पहिलो पटक हार बेहोरेको हो।

सेभिल्लाले भने ६५ मिनेटमा रातो कार्ड पाए पनि इस्पानियोललाई २-० ले हराउँदै अपराजित यात्रालाई कायमै राखेको छ। युसुफ इन नियास्रीले १३ मिनेटमै गोल गरेका थिए। त्यस्तै राफा मिराले खेल सकिन ३ मिनेटअघि गोल गर्दै २-० को जित पक्का गरे। त्यसअघि सेभिल्लाका थोमस डिलानी ६५ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

जितसँगै सेभिल्ला लिगको दोस्रो स्थानमा छ र उसले रियम मड्रडभन्दा एक खेल कम खेलेको छ। उसले ६ खेलबाट १४ अंक बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved