शतप्रतिशत जित निकाल्दै लिगमा १० अंकको अग्रता

नेपालभ्युज

शतप्रतिशत जित निकाल्दै लिगमा १० अंकको अग्रता

काठमाडौं । फ्रेन्च लिगअन्तगर्त गएराति भएका खेलमा जित निकालेसँगै पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिगको शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।

गएराति मोन्टपिलरलाई २-० गोलअन्तरले हराएपछि पीएजसीले ८ खेलबाट शतप्रतिशत जित निकाल्दै २४ अंक जोडेको छ। पीएसजीको जितका लागि इड्रिस गुए र सब्सिच्युट खेलाडी जुलिएन ड्राक्सलरले गोल गरे।

अग्रपंक्तिमा किलियन एम्बाप्पे र नेइमार भएर पनि पीएसजीले गोल गर्न सकेको थिएन। गुएले पहिलो हाफको १४ मिनेटमा र ड्राक्सनले खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा गोल गर्दै जित पक्का गरे।

लिगमा दोस्रो स्थानमा रहेको मार्सेल्लीको १४ अंक मात्र छ। नाइस र लोरियन्टको समान १३/१३ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved