एमाले बैठक – ७० वर्षे उमेर हद कायम राख्न सुझाव

बैठकमा विधान संशोधनको मस्यौदामाथि  छलफल गर्दा सदस्यहरूले उमेर हद कायम राख्नुपर्ने सुझाव दिएका हुन्।

नेपालभ्युज

एमाले बैठक – ७० वर्षे उमेर हद कायम राख्न सुझाव

काठमाडौँ। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पार्टीको कार्यकारी पदमा रहनका लागि ७० वर्षे उमेर हद कायमै राख्न सुझाव आएको छ। बैठकमा सदस्यहरूले विधान संशोधनको मस्यौदामाथि  छलफल गर्दा उमेर हद कायम राख्नुपर्ने सुझाव दिएका हुन्।

असोज १५–१७ सम्म काठमाडौँमा हुने विधान महाधिवेशनले उमेर हदबारे निर्णय नगरे यसअघिकै व्यवस्था अनुसार उमेर हद कायम रहने विषयमा सुझाव दिइएको केन्द्रीय सदस्यहरूले बताए।
उमेर हदले एमालेको अधिकांश शीर्ष तहका नेतालाई असर गर्ने छ।

आउँदो महाधिवेशनमा  असर नगरेपछि ११ औँ महाधिवेशनपछि धेरैजसो शीर्ष नेताहरु कार्यकारी पदमा रहन प्रतिबन्ध लगाउने छ। किनकि ७० वर्षमाथि उमेरका नेता कार्यकारी पदमा बस्न नपाइन व्यवस्था छ।

एमालेको विधान महाधिवेशन यही असोज १५–१७ सम्म काठमाडौँमा हुँदै छ। ‘‘विधान संशोधनको मस्यौदामाथि केन्द्रीय कमिटीमा भएको छलफलमा उमेर हद कायम राख्नुपर्ने सुझाव आएको छ। महाधिवेशनले उमेर हदबारे निर्णय नगरे यसअघिकै व्यवस्था अनुसार उमेर हद कायम रहने छ,’’ पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।

एमाले बैठकमा आगामी संसदीय र प्रदेशको निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी सम्पूर्ण शक्ति एकताबद्ध हुनुपर्छ भनेर सुझाव समेत आएको छ। छलफलमा नेताहरूले पार्टीमा युवाका साथै महिला, आदिवासी जनजाति, महिला, मधेसीलगायतको सहभागिता बढाउनुपर्ने बताएका छन्।

बैठक शनिबारै सकिने भनिएपछि थप एक दिन लम्बिने भएको छ। आइतबार अध्यक्ष केपी शर्मा ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबिच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रूप दिइने भट्टराईले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved