श्रेष्ठको अध्यक्षतामा ‘पीजे क्लब’को नयाँ कार्यसमिति चयन

नेपालभ्युज

श्रेष्ठको अध्यक्षतामा ‘पीजे क्लब’को नयाँ कार्यसमिति चयन

काठमाडौं। नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन ‘पीजे क्लब’ले श्रुति श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

शनिबार सम्पन्न क्लबको ११ औं साधारणसभाले दुई वर्षका लागि नयाँ पदाधिकारी छानेको हो। १२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दीपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा राजधानी दैनिकका द्घारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ प्रत्रिकाका अमूल थापा निर्विरोध चयन भए। गोरखापत्रका विकास द्वारे  क्लवको प्रवक्ता चुनिएका छन्।

क्लबमा यसअघि केशवराज थोकर कार्यवाहक अध्यक्ष, श्रुति श्रेष्ठ महासचिव थिए। काफ्ले पुनः कोषाध्यक्षमा दोहोरिएका छन्।
कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डटकमकी निशा भण्डारी, देशसंचार डटकमकी वर्षा शाह, दी हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दीपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी सदस्य चयन भएका छन्।

साधारणसभा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक एवं अन्तर्राष्ट्रिय खेलकूद पत्रकार महासंघ (एआईपीएस)का कोषाध्यक्ष निरजंन राजवंशी, वरिष्ठ फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकास माथेमाले प्रमाणपत्र प्रदान गरे।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारको हकहितका लागि अझ सक्रिय भूमिका निभाउँदै नेपाल पत्रकार महासंघका गतिविधिमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved