एमाले बैठक – विधान अधिवेशनमा पेस गरिने दस्ताबेजबारे छलफल 

केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएपछि दोस्रो दिन आज विधान अधिवेशनमा पेस गरिने दस्ताबेजबारे छलफल भइरहेको  छ। 

नेपालभ्युज

एमाले बैठक – विधान अधिवेशनमा पेस गरिने दस्ताबेजबारे छलफल 
फाइल तस्वीर
काठमाडौँ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु  भएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएपछि दोस्रो दिन आज विधान अधिवेशनमा पेस गरिने दस्ताबेजबारे छलफल भइरहेको  छ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन  प्रस्ताव प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो।
सो छलफलको निष्कर्ष दशवटै समूहको टोली नेताले केन्द्रीय समिति बैठकमा सुनाउनेछन्। प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत् विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउनेछन्।
एमालेको विधान अधिवेशन  असोज १५ देखि १७ गतेसम्म हुँदै छ। यो  बैठकबाट पारित दस्ताबेज आगामी विधान अधिवेशनमा प्रस्तुत गरिने नेताहरूले बताए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved