गुर्बाज र रायनकाे अर्धशतक

ललितपुरमाथि काठमाडौंको शानदार जीत 

काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा टार्गेट पूरा गरेको हो।

नेपालभ्युज

ललितपुरमाथि काठमाडौंको शानदार जीत 

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको पहिलो खेलमा काठमाडौं किंग्स ११ ले ७ विकेटले ललितपुर प्याट्रियट्सलाई पराजित गरेको छ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको पहिलो खेलमा ललितपुरले ८ विकेटको क्षतिमा काठमाडौंलाई १५८ रनको टार्गेट दिएको थियो।

काठमाडौंबाट खेलेका विदेशी खेलाडी जिम्बाबेका रायन बर्लले ३४ बलमा ७ छक्काको मद्दतले ७३ रन जोडे। अफ्गानिस्तानका  रहमनुल्लाह गुर्बाजले ३६ बलमा ५९ रन जोडे। काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा टार्गेट पूरा गरेको हो।

टस हारेर ब्याटिङ गरेको ललितपुरले सात रनमै तीन विकेट गुमाउनुपर्‍यो। त्यसपछि पवन सर्राफ र शंकर राणाले साझेदारीमा ५४ रन बनाए। पाँचौं विकेटमा योगेन्द्र सिँह र सर्राफले ६२ रनको साझेदारी गरे।

सर्राफले ४४ बलमा ५ छक्का र ४ चौकासहित ६१ रन बनाएकोमा योगेन्द्र सिँह कार्कीले ३३ रन बनाए।

बलिङमा कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् भने काठमाड‍ौंबाट खेलेका पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीले ३२ बलमा ४४ रन दिए।

जितेन्द्र मुखियाले ४ विकेट लिएकोमा गुल्सन झा र रायन बर्लले दुई-दुई विकेट लिए।

चौंथो संस्करणको ईपीएलमा ६ टिम सहभागी हुँदैछन्। सपटकको ईपीएलमा विभिन्न देशका राष्ट्रिय टिममा रहेका र अन्तर्राष्ट्रिय क्रिकेटमा तहल्का मच्चाएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका पूर्वकप्तान तथा ब्याट्सम्यान उपल थरंगा, बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद शहेजादजस्ता स्टार खेलाडीहरू सहभागी भएका छन्।

चौंथो संस्करणको उपाधि विजेता टिमले नगद ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved