ईपीएल

काठमाडौंलाई १५८ रनको टार्गेट

नेपालभ्युज

काठमाडौंलाई १५८ रनको टार्गेट

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको पहिलो खेलमा ललितपुरले काठमाडौंलाई १५८ रनको टार्गेट दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको काठमाडौं किंग्सविरुद्धको खेलमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स ११ विरुद्ध ८ विकेटमा १५७ रन बनायो।

काठमाडाैंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ललितपुरको सात रनमै तीन विकेट गएको थियो। त्यसपछि पवन सर्राफ र शंकर राणाले साझेदारीमा ५४ रन बनाए। पाँचौं विकेटमा योगेन्द्र सिँह र सर्राफले ६२ रनकाे साझेदारी गरे।

सर्राफले ४४ बलमा ५ छक्का र ४ चौकासहित ६१ रन बनाएकाेमा योगेन्द्र सिँह कार्कीले ३३ रन बनाए।

बलिङमा कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् भने काठमाड‍ौंबाट खेलेका पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीले ३२ बलमा ४४ रन दिए।

जितेन्द्र मुखियाले ४ विकेट लिएकाेमा गुल्सन झा र रायन बर्लले दुई-दुई विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved