नाडाको निर्वाचन मंसिरमा

अध्यक्षमा करण चौधरी र ध्रुव थापाको तयारी

नेपालभ्युज

नाडाको निर्वाचन मंसिरमा

काठमाडौं। अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको निर्वाचन मंसिरमा हुने भएको छ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले मंसिर २३ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

मंसिर २२ र २३ गते नाडाको ४५ औं साधारणसभा गरेर सोही अवसरमा नयाँ कार्यसमिति चयन गर्ने तयारी गरिएको नाडाका अध्यक्ष दुलालले बताए।

नाडाको नयाँ नेतृत्वका लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved