ललितपुरविरुद्ध टस जितेर काठमाडौं फिल्डिङमा

पाकिस्तानी पूर्वकप्तान अफ्रिदीको ईपीएलमा डेब्यू

नेपालभ्युज

ललितपुरविरुद्ध टस जितेर काठमाडौं फिल्डिङमा

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको पहिलो खेलमा टस जितेर काठमाडौं किंग्स ११ ले फिल्डिङ रोजेको छ। उद्घाटन खेलमा काठमाडाैंका क्याप्टेन सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेपछि ललितपुर प्याट्रियट्सविरुद्धको खेल शुरु भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु खेलमा काठमाडौंबाट पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पनि खेल्दैछन्।

विभिन्न देशका राष्ट्रिय टिममा रहेका र अन्तर्राष्ट्रिय क्रिकेटमा तहल्का मच्चाएका खेलाडीहरु यसपटकको ईपीएलमा सहभागी हुँदैछन्।

चौंथो संस्करणको ईपीएलमा ६ टिम सहभागी हुँदैछन्। अफ्रिदीसहित श्रीलंकाका पूर्वकप्तान तथा ब्याट्सम्यान उपल थरंगा, बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद शहेजादजस्ता विदेशी स्टार खेलाडीहरू ईपीएलमा सहभागी हुँदैछन्।

चौंथो संस्करणको उपाधि विजेता टिमले नगद ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved