मुख्यप्रशिक्षक बनेर गुजरात पुगे ह्वाटमोर

पारिवारिक कारण देखाएर नेपाली टिम छाडेका ह्वाटमोर बरोडाका प्रशिक्षक भएका हुन्।

नेपालभ्युज

मुख्यप्रशिक्षक बनेर गुजरात पुगे ह्वाटमोर
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक डेभ ह्वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको निर्देशक तथा मुख्य प्रशिक्षक नियुक्त भएका छन्। पारिवारिक कारण देखाएर नेपाली टिम छाडेका उनी बरोडाका प्रशिक्षक भएका हुन्।

ह्वाटमोरले नेपालमा आफ्नो परिवार ल्याउन नसकेको र पारिवारसँगै बस्नका लागि भन्दै नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा गरेका थिए। उनले ओमानमा नेपालले खेलेको त्रिकोणात्मक सिरिजपछि नेपाली टिम छाडेका थिए।

उनै ह्वाटमोरलाई शुक्रबार भारतको गुजरात राज्यस्थित बरोड क्रिकेट एसोसिएसनले शुक्रबार नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ। भारतको प्रान्तीय क्रिकेट एसोसियनसन बरोडाले उनलाई निर्देशकको पनि जिम्मेवारी दिएको छ।

हाइप्रोफाइलका प्रशिक्षकका रुपमा नेपाल आएका ह्वाटमोर क्यानसँग पछिल्लो समय असन्तुष्ट थिए । करीब १ वर्ष नेपाली क्रिकेटको नेतृत्व गरेका उनले भारतबाट राम्रो प्रस्ताव आएपछि नेपाल छाड्ने निर्णय गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved