चौंथो संस्करणको ईपीएल आजदेखि

ईपीएलका लागि त्रिवि क्रिकेट मैदान तयार भएको छ। यसपटक ईपीएलमा विश्वस्तरीय क्रिकेटरहरु सहभागी हुँदैछन्।

नेपालभ्युज

चौंथो संस्करणको ईपीएल आजदेखि

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि शुरु हुँदैछ। २३ असोजसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आज काठमाडौं किंग्स् ११ र ललितपुर प्याट्रियट्स भिड्दैछन्।

चौंथो संस्करणको ईपीएलमा ६ टिम सहभागी हुँदैछन्। प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदैछ। ईपीएलका लागि त्रिवि क्रिकेट मैदान तयार भएको छ।

यसपटक ईपीएलमा विश्वस्तरीय क्रिकेटरहरु सहभागी हुँदैछन्। विभिन्न देशका राष्ट्रिय टिममा रहेका र अन्तर्राष्ट्रिय क्रिकेटमा तहल्का मच्चाएका खेलाडीहरुको आगमनले यसपटकको ईपीएल थप रोमाञ्चक हुने आयोजकको दाबी छ।

ईपीएलमा पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका पूर्वकप्तान तथा ब्याट्सम्यान उपल थरंगा, बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद शहेजादजस्ता विदेशी स्टार खेलाडीहरू समावेश छन्।

चौंथो संस्करणको उपाधि विजेता टिमले नगद ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved