‘‘स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाइएको छैन’’– अर्थ मन्त्रालय

महसुल बढाएको भन्ने प्रचार तथ्यहीन भएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालभ्युज

‘‘स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाइएको छैन’’– अर्थ मन्त्रालय
स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेको भन्दै भइरहेको आन्दोलनबारेमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार प्रेस नोट जारी गर्दै यस विषयमा बाहिर आएका खबर तथा प्रचारमा सतयता नभएको मन्त्रालयले जनाएको हो। महसुल बढाएको भन्ने प्रचार तथ्यहीन भएको पनि मन्त्रालयले जनाएको छ।
वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९–०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखेको मन्त्रालयले  स्पष्ट पारेको छ।
स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर पाँच प्रतिशत कायम गरिएको छ। स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको अर्थ मन्त्रीको सचिवालयले निकालेको प्रेस नोटमा उल्लेख छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved