दुई महीनामा ७५ प्रतिशतले बढ्यो आयात

ठूलो आयात र झिनो निर्यातका कारण नेपालले आवको पहिलो दुई महीनामै २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोर्नु परेको छ।

नेपालभ्युज

दुई महीनामा ७५ प्रतिशतले बढ्यो आयात

काठमाडौं। चालू आर्थिक वर्ष २०७८/७९को पहिलो दुई महीनामा आयात ७५ प्रतिशतले वृद्धि भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेपालमा कुल ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १ खर्ब ३५ अर्ब ६७ करोड रुपैयाँले बढी हो।

यसैगरी, यस अवधिमा निर्यात भने ४४ अर्ब ३ करोड रुपैयाँको भएको छ। यो अघिल्लो वर्षको तुलनामा दोब्बर हो।

ठूलो आयात र झिनो निर्यातका कारण नेपालले आवको पहिलो दुई महीनामै २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोर्नु परेको छ। जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशतले बढी हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved