विधान महाधिवेशनमाथि छलफल गर्न एमालेले बनायो १० समूह

एमालेको विधान महाधिवेशन आगामी १५ असोजदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदै छ। त्यसको तयारीस्वरूप एमालेले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो।

नेपाल भ्यूज

विधान महाधिवेशनमाथि छलफल गर्न एमालेले बनायो १० समूह

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय समिति बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विभिन्न तीन प्रतिवेदन पेश भएका छन्।

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश भएको हो। यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बैठकबाट पारित भएको थियो। प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ, जसमा सात वटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, विभागीय प्रदेश र विशेष प्रदेश समूह छन्।

भोलि (शनिबार) बस्ने एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने र पारित गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। पार्टीमा लामो समयदेखि उत्पन्न जटिलता हल हुन केही समय लाग्ने र १० बुँदे समझादारीलाई पूर्ण रूपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको उनले बताए।

यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताए। ओलीले विभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा राखे। आगामी मंसीरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए।

एमालेको विधान महाधिवेशन आगामी १५ असोजदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदै छ। त्यसको तयारीस्वरूप एमालेले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved