दलसम्बन्धी अध्यादेशमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

सर्वोच्चले उक्त मुद्दामा विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको छ।

नेपालभ्युज

दलसम्बन्धी अध्यादेशमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

काठमाडाैं। राजनीतिक दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेश र माधव कुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको खारेजीको माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले उक्त मुद्दामा विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको छ।

४ भदौमा अधिवक्ताहरू अर्जुन कुमार अर्याल, निकेश कुमार लम्साल, प्रवेश केसी, श्रीकान्त वराल, दलबहादुर धामी, सरोज बुढाथोकीले र ९ भदौमा राजीव बास्तोलाले अध्यादेश, निर्वाचन आयाेगकाे नियमावली र नेकपा ‘एस’ पार्टीको खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved