शनि देवलको ‘गदर २’ नोभेम्बरमा, अनिलका छोरा पनि सँगै

नेपालभ्युज

शनि देवलको ‘गदर २’ नोभेम्बरमा, अनिलका छोरा पनि सँगै

काठमाडौं। सन् २००१ को ब्लकबस्टर बलिउड फिल्म ‘गदर’ को भाग २ दुई फिल्म आउँदो नोभेम्बरमा प्रदर्शनमा आउने भएको छ।

पहिलो भागजस्तै यो फिल्ममा सनी देवल, अमिशा पटेल नै मुख्य भूमिकामा देखिने भएका छन्। यीबाहेक फिल्ममा अनिल कपुरका छोरा उत्कर्ष शर्मा पनि देखिनेछन्।

उत्कर्षले फिल्म ‘जिनियस’बाट बलिउडमा डेब्यू गरेका हुन्। जहाँ उनले नवाजुद्दिन सिद्दीकीसँग काम गरेका थिए। उनी फिल्ममा अमिशा र सनी देओलका छोराका भूमिकामा देखिनेछन्। सन् २००१ मा ‘गदर’  रिलिज हुँदा उनी मात्र ६ वर्षका थिए।

भारत र पाकिस्तानबीचको सम्बन्धलाई लिएर बनाइएको गदरलाई त्यसबेला अत्यन्तै रुचाइएको थियो। भारतीय फिल्म उद्योगमा सुपरहिटमा दर्ज भएको यस फिल्ममा अमरेश पुरी र ओम पुरीजस्ता कलाकार पनि मुख्य भूमिकामा थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved