राष्ट्रियसभामा बजेटका आश्रित दुई विधेयक टेबुल

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरेका हुन्।

नेपाल भ्युज

राष्ट्रियसभामा बजेटका आश्रित दुई विधेयक टेबुल
फाइल तस्वीर

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा दुई विधेयक टेबुल भएका छन्। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक राष्ट्रियसभामा टेबुल भएको हो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरेका हुन्। प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो ।

नयाँ बजेटका आश्रित यी दुई विधेयकलाई पनि राष्ट्रियसभाले पारित गरेपछि सङ्घीय संसद्बाट बजेट पारित हुन्छ । विनियोजन विधेयक २०७८ लाई भने राष्ट्रियसभाबाट बिहीबार नै पारित भएको थियो ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाएका थिए।

आजको बैठक पनि सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले उभिएर विरोध जनाएकाले अध्यक्ष तिमिल्सिनाले सांसद खिमलाल भट्टराईलाई बोल्न समय दिएकामा उनले एमालेको विरोध कायमै रहेकाले बैठकको कामकारबाही अगाडि नबढाउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved