दल विभाजन अध्यादेश र नेकपा (एस) विरुद्धको रिटमाथि सुनुवाइ शुरु

नेपालभ्युज

दल विभाजन अध्यादेश र नेकपा (एस) विरुद्धको रिटमाथि सुनुवाइ शुरु

काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेश र माधव कुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्। मुद्दामा रिट निवेदकको पक्षबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतले बहस गर्नेछन्।

अधिवक्ता श्रीकान्त बरालले निर्वाचन आयोग,नेपाल सरकार र सभामुख अग्नि सापकाटोसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved